सांसद तोसिमा कार्की चिकित्सक टोली लिएर जाजरकोट गईन्

सांसद तोसिमा कार्की चिकित्सक टोली लिएर जाजरकोट गईन्


प्रतिनिधिसभा सदस्य तोसिमा कार्की स्वास्थ्यका विशेषज्ञ टोली लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ गएकी छन्। प्रभावित क्षेत्रमा तत्कालै आकस्मिक उपचार गर्ने तयारी सहित जाजरकोट गएको सांसद कार्कीले आफ्नो फेसबूकमा लेखेकी छन्। ‘हामी तत्काल आकस्मिक अपरेसन र उपचार गर्ने तयारी गर्ने छौं’ उनले भनेकी छन्।

तोसिमाको टोलीमा हाडजोर्नी विशेषज्ञ, अनेष्थेजियोलोजिष्ट, जनरल फिजिसियन, मेडिकल अफिसर सहित उनी स्वयं जनरल सर्जन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु सहित नेपालगन्ज हुँदै सुर्खेत पुग्ने छन्। त्यहाँ थप केहि डाक्टरहरु भेरीबाट मिसिने छन् र राहत सामान सहित विशेषज्ञको टोली जाजरकोट जाने सांसद तोसिमाले उल्लेख गरेकी छन्।

तोसिमा लेख्छिन्, ‘केहि साथीहरु रोडबाट नै जानुभएको छ। मेडिकल सामग्री सहित हामी त्यहिँ नै आकस्मिक अपरेसन र उपचार गर्ने तयारी गर्नेछौं, राहत व्यवस्थापनको लागि पनि ज-जसले जहाँबाट सहयोग गरिरहनुभएको छ, धन्यवाद । यस्तो आपतको घडिमा हामी राजनीति भन्दामाथि उठेर एक जुट भई सबैले आआफ्नो विज्ञता र स्रोत साधनले सहयोग गरौं भनेर सांसद कार्कीले आग्रह पनि गरेकी छन्।

Logo