कोशी सरकारले भूकम्प पीडितलाइ १ करोड सहयोग गर्ने

कोशी सरकारले भूकम्प पीडितलाइ १ करोड सहयोग गर्ने


कोशी प्रदेश सरकारले भुकम्प पीडितहरूका लागि १ करोड सहयोग दिने भएको छ । जाजरकोटलाइ केन्द्र बनाएर गए राती गएको भूकम्पबाट प्रभावितका लागि कोशी सरकारले एक करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध गराउने भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश विपद कोषबाट एक करोड नगद कर्णाली प्रदेश सरकारलाई पठाइने छ भने त्रिपाल, मेट्रेक्स, कम्बललगायतका अति आवाश्यक सामाग्री एक–एक हजार थान पठाउने तयारीका साथ काम सुरू भएको छ ।

मुख्यमन्त्री निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भुकम्प पीडितका लागि अति आवश्यक सामग्री तत्कालै पठाउने तयारी लगभग पुरा गरिएको जानकारी दिएका छन् ।
 

Logo