उद्धारकै गतिमा राहत पनि वितरण हुन्छः रक्षामन्त्री खड्का

उद्धारकै गतिमा राहत पनि वितरण हुन्छः रक्षामन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले, सरकारले उद्धारकै गतिमा भूकम्प पीडितलाई राहत वितरण गर्ने प्रतिबद्धता जनाएका छन्। 

आइतबार दिउँसो जाजरकोटको त्रिवेणी नदीमा भूकम्पमा ज्यान गुमाएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह लगायतकालाई श्रद्धाञ्जली अर्पण गर्दै उनले सरकारले राहत वितरणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन्। 

भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको उनको भनाई छ।

उनले भने,‘दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौँ,थप केही आउने क्रम जारी छ, जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ,सोही गतिमा राहत पनि वितरण गर्छौँ।”उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमि हुन नदिने प्रतिबद्धता पनि जनाएका छन्।

Logo