नेपालमा अमेरिकी सहयोग बढाउन आग्रह गरेको छुः परराष्ट्रमन्त्री साउद

नेपालमा अमेरिकी सहयोग बढाउन आग्रह गरेको छुः परराष्ट्रमन्त्री साउद

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री एनपी साउदले आफ्नाे अमेरिका भ्रमण सफल भएको बताएका छन्।

अमेरिकाबाट फर्किएपछि परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसंग उनले आफूले अमेरिकालाई नेपालमा जारी सहयोग बढाउन आग्रह गरेको बताएका हुन्। 

त्यस्तै एमसीसी कार्यान्वयनलगायका विषयमा पनि अमेरिका भ्रमण क्रममा त्यहाँका विदेशमन्त्री एन्टोनी व्लिङ्केनसंग कुराकानी भएको बताए। त्यस्तै नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नती हुन लागेको सन्दर्भमा छलफल गर्दै नेपालको विकास प्राथमिकताका बिषयमा समेत छलफल भएको उनले बताएका छन्।

उनले भने ‘विदेश मन्त्रीसँगको भेटको सन्दर्भमा नेपाल अमेरिका दुईपक्षीय सम्बन्धमा तथा साझा चासोका क्षेत्रीय र अन्तराष्ट्रिय विषयमा विचारको आदानप्रदान भयो। दुवै पक्षले आपसि हितको विषयमा सहकार्यलाई थप विस्तार र घनिबुद बनाउने प्रतिवद्धता व्यक्त गर्यौँ। नेपाल अल्पविकसित मूलुकबाट स्तरोन्नती हुन लागेको समयमा मैले नेपालको विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै सूचना प्रविधिको विकास खाद्य सुरक्षा कृषिको विकास बजार पहुँच ,लगानि र व्यापार लगायतका क्षेत्रहरुमा अमेरिकि सरकारका तर्फबाट सहयोग गर्न आग्रह गरेको छु।’ आफ्नो अमेरिका भ्रमणले, दुई देशबीचको सम्बन्धलाई उचाईमा पुर्याउने उनको विश्वास छ।

‘समग्रमा मेरो अमेरिका भ्रमणमा त्यहाका उच्च सरकारी पदाधिकारीहरु, सिनेटर, नेपालका मित्रहरु, सूचना प्रविधि क्षेत्रका अमेरिकन–नेपाली पेशाविद्हरु तथा व्यवसायीहरुसँग भएको भेटघाट तथा कुराकानी अत्यन्त सौहार्द्धपूर्ण, सकारात्मक एवम् फलदायी रह्यो।त्यसैगरी मेरो भ्रमणबाट आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रमा अमेरिकी लगानी प्रवर्द्वन गराउन मद्दत पुग्ने विश्वास लिएको छु।तसर्थ,मेरो भ्रमणवाट नेपाल र अमेरिकाबीचको आपसी मित्रता,समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्वन्धलाई अझ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास लिएको छु।’ उनले भनेका छन्। 

Logo