गठबन्धन सरकार नै अस्थिरताको कारक होः कैलाशप्रसाद ढुङ्गेल

गठबन्धन सरकार नै अस्थिरताको कारक होः कैलाशप्रसाद ढुङ्गेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले गठबन्धन सरकार नै देशमा अस्थिरताको कारक बनेको बताएका छन्।

एमालेमध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानको सन्दर्भ पारेर रामेछाप र सिन्धुलीको खुर्कोटमा आइतबार आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले गठबन्धनको कारण देश संकटमा फस्दै गएको बताएका हुन्।

‘देशमा अस्थिरतको कारण गठबन्धन सरकार बन्यो, देश अस्थिरताको भुमरीमा होमियो, गठबन्धनकै कारण देश अस्थिरता तर्फ गयो’,ढुङ्गेलले भने। 
ढुङ्गेलले कोशी प्रदेशको पछिल्लो घटनाक्रमलाई इङ्गित गर्दै अस्थिरताका बाहक नै सरकारमा रहेको धारणा राखे।

एमाले बहुमत सहित नेतृत्व नगरेसम्म देशमा विकास र स्थिरता नहुने उनको दाबी छ। ‘अस्थिरताका बाहकहरू सरकारमा रहेसम्म देशमा स्थिरता हुँदैन, देशलाई स्थिरता दिन एमाले सरकारमा आउनुपर्छ।’

उनले एमाले मात्रै विचारको नेतृत्वकर्ता भएको र एमालेलाई अरु दलले पछ्याउँने गरेको आरोप लगाए।  ‘एमालेले के गर्छ भनेर अन्य दल हेरेर बसेका छन्,एमालेले जे गर्छ त्यसैलाई पछ्याउँदै हिँड्छन्’,ढुङ्गेलले भने। एमालेले सुरु गर्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानमा व्यापक जनपरिचालन गर्न आवश्यक रहेको भन्दै ढुङ्गेलले अभियानमा एमालेको कामलाई प्रचार गर्नुपर्ने बताए। 
 

Logo