तीन दिनभित्रै भूकम्प प्रभावित सबै ठाउँमा राहत पुग्छ -जनार्दन शर्मा

तीन दिनभित्रै भूकम्प प्रभावित सबै ठाउँमा राहत पुग्छ -जनार्दन शर्मा


प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीनदिनभित्रै राहत सामग्री पठाइसक्ने बताएका छन् । आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उनले राहत वितरणको काम तीव्र पारिने बताए । 

“हामीले योजना बनाएर नै राहत वितरणको काम सुरु गरेका छौँ । कुन ठाउँमा कति क्षति भएको छ । कस्तो खालको राहतका सामग्री आवश्यक पर्ने हो । कुन क्षेत्रलाई हामीले बढी प्राथमिकतामा राखेर राहत वितरणको काम गर्ने भन्ने योजना बनाएर नै राहत वितरण हुन्छ”, शर्माले भने । राहत वितरणपछि पुनःनिर्माण नभएसम्मका लागि अस्थायी बासको व्यवस्थाका लागि काम गर्ने र पुनःनिर्माणमा लाग्ने उनको भनाइ थियो ।

भूकम्पका कारण अवरुद्ध भएको विद्युत् तथा सडक मर्मत र फोन सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको सांसद शर्माले बताए । जिल्ला व्यवस्थापन समितिमा आएको राहत स्थानीय तहलाई दिने र स्थानीय तहले बाँड्ने व्यवस्था गर्ने उनले बताए । 

Logo