कानून बनाउँदा राजनीतिक स्वार्थबाट माथि उठ्नुपर्छः सभापति खतिवडा

कानून बनाउँदा राजनीतिक स्वार्थबाट माथि उठ्नुपर्छः सभापति खतिवडा


राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कानून बनाउँदा राजनीतिक स्वार्थबाट माथि उठेर बनाउनु पर्ने बताएका छन् । 

सोमबार महिला र बालबालिकाको पञ्किरणमा पहुँचः अवसर र चुनौती विषयक कार्यक्रममा बोल्दै उनले समाजबाट पछाडि परेका, पहुँच नभएकाहरुका लागि कानून बनाउनुपर्ने भन्दै कानून बनाउँदा जाति, वर्ग र राजनीतिक स्वार्थबाट माथि उठेर बनाउनु पर्ने बताएका हुन् । उनले भने, ‘जो समाजबाट पछाडि परेको छ, जसको पहुँच छैन तिनका लागि कानुन बनाउने हो । यसका लागि कुनै पनि पार्टीको, जातिको, वर्गको, धर्म, लिङग र सम्प्रदायको नभनीकन स्वार्थबाट माथि उठेर कानुन बनाउनुपर्छ ।’

उनले सबै मन्त्रालय राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गत पर्ने भएकाले अप्ठ्यारो परेको बेला समितिको ढोका ढकढक्याउन आग्रह गरे । उनले भने, ‘म जहाँ छु राज्य व्यवस्थातथा सुशासन समितिमा सबै मन्त्रालय यहीअन्तर्गत पर्दछ । त्सैले अनुरोध गर्दछु, समस्या परेको बेला हाम्रो ढोका ढकढक्याउन आइदिनुहोस् ।’

सभापति खतिवडाले सबै संदीय समितिलाई यसैगरी सरोकारसँग समन्वय गरेर पिछडिएको वर्गलाई कानूनी रुपमा व्यवस्था मिलाउनुपर्ने धारणा राखे ।

Logo