राप्रपा मकवानपुरको पदाधिकारी समायोजन पूरा, अब संगठन निर्माणमा केन्द्रित हुने पदाधिकारीकाे घाेषणा

राप्रपा मकवानपुरको पदाधिकारी समायोजन पूरा, अब संगठन निर्माणमा केन्द्रित हुने पदाधिकारीकाे घाेषणा

केन्द्रबिन्दु
0
Shares

हेटौंडा । केन्द्रमा पार्टी एकता भएसँगै जिल्ला र स्थानीय तहरुको संरचना समायोजनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महत्वका साथ अघि बढाएको छ । सोमबार मकवानपुरमा राप्रपा र तत्कालीन राप्रपा (संयुक्त) बीच समायोजन प्रक्रिया पूरा गरेको हो । जिल्ला तहको समायोजन पश्चात राप्रपा मकवानपुरको अध्यक्षमा मधु अधिकारी चयन भएका छन्  भने उपाध्यक्षमा तत्कालीन राप्रपा (संयुक्त) का अध्यक्ष ज्ञानेन्द्र ढुंगेल चयन भएका छन् ।

अधिकारी यस अघि पनि राप्रपाका अध्यक्ष थिए । ८३ सदस्यीय जिल्ला समिति बनाइएको छ । राप्रपाको साबिक जिल्ला कार्य समितिलाई कायम राख्दै राप्रपा (संयुक्त) का तत्कालीन जिल्ला समितिलाई समावेश गर्ने सहमति भएको अध्यक्ष अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै अधिकारिले अहिलेको नेतृत्वबाट देश डरलाग्दो भड्खालोमा जान लागेको भन्दै अबको विकल्प राप्रपा भएको दाबी समेत गरे ।

त्यस्तै समायोजन कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले मुलुकलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यसको परिपुर्तिको लागि पार्टी एकता भएको बताए । हिजोको टुटफुटको घटना अब एकादेशको कथा हुने भन्दै बर्तौलाले अहिलेको एकता भावनात्मक र दीगाे भएको दाबी गरे । उनले भने–‘एकताको जग बलियो छ, अब हल्लिदैन । हिजोको त्रुटि, कमजोरीबाट पाठ सिकेका छौँ । सच्चिदै अघि बढ्छौ । राप्रपालाई इमानदार कार्यकर्ताको बलमा जुरुक्क उठाउछौँ ।’

कार्यक्रममा रामहरि न्यौपाने, ज्ञानेन्द्र ढुंगेल, बद्री अधिकारी र सागर थापाले पार्टी एकताले कार्यकर्ता तहमा मात्र नभई जनतामा पनि सकारात्मक सन्देश गएको भन्दै अब संगठन निर्माणमा केन्द्रित हुने प्रतिबद्धता जनाएका थिए ।

Logo