भूकम्प पीडित विद्यार्थीको सहयोगका लागि अनेरास्ववियूको देउसी भैलो

भूकम्प पीडित विद्यार्थीको सहयोगका लागि अनेरास्ववियूको देउसी भैलो


अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियू) केन्द्रीय कमिटीले जाजरकोट –रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगका लागि देउसी भैलो सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । 

शनिबारबाट अनेरास्ववियूले तिहारको सांस्कृतिक तथा मनोरञ्जनात्मक पक्ष देउसी भैलो खेल्न सुरु गरेको हो । उक्त कार्यक्रमबाट उठेको रकम भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ प्रयोग गरिने अनेरास्ववियूले जनाएको छ । 

जसअन्तर्गत शनिबार स्ववियूका विद्यार्थी नेता कार्यकर्ताले सम्मानित नेता झलनाथ खनालको घरमा देउसी भैलो खेलेका छन् । उनीहरुले पार्टी निकट नेताको घरमा तिहारसम्म देउसी भैलो खेल्ने र रकम संकलन गरी पीडित बालबालिकाको शिक्षामा खर्च गर्ने बताएका हुन् । उनीहरुले देउसीमा पनि भूकम्प र त्यसले पारेको नकारात्मक प्रभाव तथा समस्याका बारेमा भट्याएका थिए ।
 

Logo