‘सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले समाज र संस्थागत संरचना ध्वस्त’ -रामकुमारी झाँक्री

‘सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले समाज र संस्थागत संरचना ध्वस्त’ -रामकुमारी झाँक्री


नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले अनियन्त्रित ढङ्गले बढ्दो सामाजिक सञ्जालको प्रयोगले समाज र संस्थागत संरचना ध्वस्त पारेको बताएकी छन् । 

शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनद्वारा आयोजित शुभकामना आदानप्रदान तथा देउसी सांस्कृतिक कार्यक्रममा बोल्दै उनले अनियन्त्रित ढङ्गले बढ्दो सामाजिक सञ्जालको प्रयोगले समाज र संस्थागत संरचना ध्वस्त पारेको भन्दै यसको नियन्त्रणको पक्षमा सबैलाई उभिन आग्रह गरिन् ।

उनले भनिन्, ‘यसले समाजलाई र संस्थागत संरचना ध्वस्त गरेको छ । अनियन्त्रित ढङ्गले आएको सामाजिक सञ्जालको नियन्त्रणका पक्षमा तपाईंहरु सबैजना उभिनु पर्छ ।’

उनले सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न निर्देशन दिएको भन्दै प्रभावकारी कार्यान्वयनको सबैले स्वागत गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्न नसक्ने हो भने परिवार, समाज ध्वस्त हुने अवस्था जसरी बनिरहेको छ, यसलाई नियमन गर्न सरकारले निर्देशन दिएको छ । प्रभावकारी कार्यान्वयनलाई स्वागत गर्नुपर्छ ।’

Logo