राष्ट्रपति पौडेलले गरे गाईपूजा

राष्ट्रपति पौडेलले गरे गाईपूजा

केन्द्रबिन्दु
0
Shares

कार्तिक कृष्ण औँसीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललेआज बिहान गाईको पूजा गरेका छन्। राष्ट्रपति पौडेलले शीतल निवासमा गाईको पूजा गरेपछि गाईलाई भोजन गराएका हुन्।

यमपञ्चकको तेस्रो दिन परेको गाईतिहारे औंसीमा गाईलाई देवी लक्ष्मीको प्रतीक स्वरूप विधिविधान सहित पूजा गर्ने परम्परा चलिआएको छ। श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ।

यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोक विश्वास छ। गाईलाई आमा सरह मानेर हिन्दुहरुले पुज्ने गर्दछन्। गाई नेपालको राष्ट्रिय जनावर पनि हो।

Logo