२४ घण्टाभित्र टिकटक बन्द गराउन दूरसञ्चार प्राधिकरणकाे पत्र

२४ घण्टाभित्र टिकटक बन्द गराउन दूरसञ्चार प्राधिकरणकाे पत्र

केन्द्रबिन्दु
0
Shares

पछिल्लोसमय लोकप्रिय बनेको सामाजिक सञ्जाल प्लाटफर्म ‘टिकटक’माथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनका लागि नेपाल दुरञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुलाई पत्राचार गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि पत्राचार गरेपछि प्राधिकरणले यो कदम लिएको हो । टिकटकलाई पनि इमेल गरिसकेकाले सम्भवत २४ घण्टामा टिकटक बन्द हुने अपेक्षा गरिएको छ । 

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिकटक’मा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको थियो । त्यसैबीच सरकारले यो निर्णय गरेको हो । तर, सरकारकाे याे निर्णय अपरिपक्क भएको भन्दै चौतर्फी विरोध भएकाे छ । 

सरकारले सामाजिक सञ्जालहरुलाई नियमन गर्न सामाजिक सञ्जाल सञ्चालन निर्देशिका जारी गरेको चार दिनमै टिकटकलाई रोक लगाउने निर्णय गरेकाे हो । निर्देशिकाले सामाजिक सञ्जालहरुलाई दर्ता हुन आह्वान गर्ने, कानुन विपरीतको ‘पोष्ट’हरु हटाउन निर्देशन दिने र असहयोग गरेमा बन्द गर्ने लगायतका निर्णय गरेको थियो । दर्ता हुनका लागि तीन महिनाको समयसीमा तोकेको अवस्थामा निर्णयको चार दिनमा नै टिकटक बन्द गर्ने निर्णय भएको हो ।
 

Logo