राष्ट्रपति रामचन्द्र पौडेलले, निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिएका छन्।
‘नेपाल संवत् ११४४’ को शुभकामना दिँदै राष्ट्रपति पौडेलले, राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै समाजको उन्नतिका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन्।
शुभकामना सन्देशमा राष्ट्रपतिले, साख्वाले काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरेको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताएका छन्।
राष्ट्रपति पौडेलले नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।





























प्रतिक्रिया