राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका


राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाएका छन्।

राष्ट्रपति पौडेलले बुधबार बिहान १०बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो। भाइटीकाको उत्तम साइत बिहान १०ः५१ बजे भएपनि दिन भर नै टीका लगाउन सकिने समितिले जनाएको छ।

शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा, सोमबार गाईपूजा, मंगलबार गोवर्द्धन पूजा-म्हपूजा गरी तिहार मनाइएको छ।यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

 

Logo