नेकपा एमालेले विशेष बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
बैठकमा पार्टीका पदाधिकारी,उपलब्ध केन्द्रीय सदस्यहरू,जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको बताइएको छ।
समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा छलफल गर्न विशेष बैठक बोलाएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ।





























प्रतिक्रिया