न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको परिषद् बैठकले रिक्त रहेका ६ मुख्य न्यायाधीश पदपूर्ति गर्न न्यायाधीशहरु लोहितचन्द्र शाह,माधव पोखरेल,रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यनन्द पाण्डे र शान्तिसिंह थापालाई सिफारिस गरेको हो ।
प्रतिक्रिया