दुर्गा प्रसाईंको समर्थकमाथि भएकाे धरपकडमा राप्रपाको आपत्ति

दुर्गा प्रसाईंको समर्थकमाथि भएकाे धरपकडमा राप्रपाको आपत्ति

केन्द्रबिन्दु
0
Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा सहभागीमाथि भएको प्रहरी धरपकडको विरोध भएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज भइरहेका प्रहरी धरपकडप्रति आपत्ति जनाएका हुन् । ‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन‍्, ‘धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन, सरकारले आफूलाई तत्काल सच्याओस् ।’ 

प्रसाईं नेतृत्व समूहले राजतन्त्र फर्काउने, बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै बिहीवार विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियाे । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।  

तीनकुनेमा आज हुने भनिएको कार्यक्रममा सरकारले अवरोध गरेको छ । हालसम्म सो कार्यक्रममा सहभागी हुन पुगेका दर्जनाैं समर्थकलाई प्रहरीले पक्राउ गसिकेको छ भने प्रसाईं स्वयं भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका छन् ।  

Logo