अध्यक्ष ओलीकाे टिप्पणी- ‘राजतन्त्र फर्काउँछौं भन्नेहरु चेतना नभएका मुर्ख हुन्’

अध्यक्ष ओलीकाे टिप्पणी- ‘राजतन्त्र फर्काउँछौं भन्नेहरु चेतना नभएका मुर्ख हुन्’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतनाविहीनहरुले मात्रै राजसंस्था फर्काउने सपना देख्ने टिप्पणी गरेका छन् । राजसंस्थालाई ‘प्रेत’ भनेर व्यंग्य गरेका उनले एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्नु मुर्खता भएको बताए ।

एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजसंस्थालाई व्यंग्य गर्दै ‘पछाडी नलि खुट्टाको हड्डी फुकेर केही व्यक्ति राजतन्त्र फर्काउँछु भनेर हिँडिरहेको’ बताए । ‘केही तत्वहरु हेर्दा हेर्दा वाक्कदिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो, काम लाग्ने चिजै होइन रहेछ भनेर १५ वर्षअघि नै फ्याँकिइसकेको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् मरेको प्रेतका पछाडि,’ उनले भने, ‘नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लाग्या छन् ।’

राजधानीको तीनकुनेमा बिहीबार युवा संघले शक्ति प्रदर्शन गरेको थियो । ‘हिजोको आन्दोलनमा युवा संघले आफ्नो शक्ति थोरै मात्रामा देखाएको’ भन्दै अध्यक्ष ओलीले सिंगै युवा संघ उत्रियो भने के हुन्छ ? भन्दै चेतावनी दिए । उनले भने ‘युवा संघ नेकपा एमालेको काइँलो छोरोमात्र हो । एमाले परिवार सिंगै उत्रियो भने ? अरु धेरै शक्ति हामीसँग बाँकी छ । युवा संघले अलिकति देखाएको छ । सिंगै युवा संघ उत्रियो भने के हुन्छ ?’

अध्यक्ष ओलीले नागरिक सर्वोच्चता स्वीकार नगर्नु व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने चेतना नभएर मुर्खता भएको तर्क गरे । ‘नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने, त्यो चेतना हो होइन, मुर्खता हो,’ उनले भने ।

Skip This
Skip This
Logo