रास्वपाको केन्द्रीय समिति बैठक सोमबारबाट जलेश्वरमा

रास्वपाको केन्द्रीय समिति बैठक सोमबारबाट जलेश्वरमा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। रास्वपाका महामन्त्री डा. मुकुल ढकालका अनुसार मंसिर ११ गतेदेखि तीन दिनसम्म महोत्तरीको जलेश्वरमा बैठक बोलाइएको हो। बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ। बैठकमा पार्टीका प्रदेश सभापतिहरूको पनि सहभागी हुनेछन्। 

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन ,सासंदहरूको र संसदीय कार्यको समिक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल र निर्णय हुनेछ।

Logo