योगेश भट्टराई सहभागी एमालेकाे चियापान कार्यक्रममा पहिचानवादीद्वारा अवरोधको प्रयास

योगेश भट्टराई सहभागी एमालेकाे चियापान कार्यक्रममा पहिचानवादीद्वारा अवरोधको प्रयास


नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रममा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन् ।

दसैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ कमिटीले आइतबार चियापान कार्यक्रम आयोजना गरेको थियो, जसमा सहभागी हुनका लागि एमालेका सचिव योगेश भट्टराई पनि पुगेका थिए । तर, पहिचानवादीहरूले कार्यक्रम अवरोधको प्रयास गरेका हुन् । 

कार्यक्रमस्थल अगाडि पहिचानवादीहरूले नारा जुलुस गरेपछि एमालेका कार्यकर्ता र पहिचानवादीबीच ताप्लेजुङमा झडपसमेत भएको छ । झडपका क्रममा ५ जना सामान्य घाइते भएको बताइएको छ ।

त्यसअघि बिहान पहिचानवादीहरूले कालो झण्डासहित फुङलिङस्थित सचिव भट्टराईको घरअगाडि प्रदर्शन गरेका थिए । पहिचानवादीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्नेलगायतका माग गर्दै आएका छन् ।

Logo