जलेश्वरमा रास्वपाको संयुक्त बैठक सुरु

जलेश्वरमा रास्वपाको संयुक्त बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बैठक तीन दिनसम्म चल्नेछ ।

महोत्तरीको जलेश्वरमा सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिकोसमेत सहभागिता रहेको छ । 

बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने पार्टी महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए । 

Logo