लोकतान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधनबाट काँग्रेस सभापति देउवा दुःखी

लोकतान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधनबाट काँग्रेस सभापति देउवा दुःखी

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले झापाका पूर्व जिल्ला सभापति एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्णानन्द शर्माको निधनमा दुःख व्यक्त गरेका छन्। 

देउवाले त्याग, समर्पण र निष्ठाका एक अग्रज र प्रेरणादायी व्यक्तित्व एवं लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धाको निधनले दुखित तुल्याएको बताएका हुन्। 

पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा अनुसार शर्माको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारका क्रममा सोमबार अपरान्ह ४ः३० बजे निधन भएको थियो। 

शर्माको कनकाई माईमा आज दाहसंस्कार गरिने पौडेलले जानकारी दिएका छन्। बिपी कोइरालाको अनुयायी शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक गरी ६ वर्ष जेल र केही वर्ष निर्वासनमा बसेका थिए। 

वि.सं. २०१२ सालमा नेपाली काँग्रेसको सदस्यता लिएर राजनीतिमा होमिएका शर्मा पार्टी प्रतिवन्धितकालमा वि.सं. २०३९ देखि २०४२ सम्म झापाको सभापति रहेका थिए। 

Logo