कोसीमा एमाले र राप्रपाका सांसदद्वारा बजेट प्रतिस्थापन विधेयकको विरोध

कोसीमा एमाले र राप्रपाका सांसदद्वारा बजेट प्रतिस्थापन विधेयकको विरोध

केन्द्रबिन्दु
0
Shares

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती भएपछि नेकपा एमाले र राप्रपाले संयुक्त रूपमा विरोध जनाएको छ।

प्रदेश सभाको आजको बैठकको कारबाही सुरु हुनासाथ दुई दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए। एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे।

उनले भने, ‘एक वर्षमा पाँच पटक सरकार फेरियो। बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो। सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यवस्थापन गर्दा ध्यान दिन पर्दथ्यो। प्रतिपक्षी सांसदहरूको सुझाव समेटिनुपर्थ्यो त्यो भएन।’ सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएको भन्दै उनले प्रतिस्थापन विधेयक पारित नभए के हुने रु भन्ने प्रश्न ग ।

Logo