तीनवटा भ्रातृ संस्थामा काँग्रेस सभापति देउवाले गरे अध्यक्ष नियुक्ति

तीनवटा भ्रातृ संस्थामा काँग्रेस सभापति देउवाले गरे अध्यक्ष नियुक्ति

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन्। समयमा अधिवेशन नहुँदा स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्थामा देउवाले मंगलबार अध्यक्ष नियुक्त गरेका हुन्।

देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल,राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थर कपिलवस्तुका मेघराज टण्डनलाई नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उल्लेखित तीन वटै भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वतः विघटन भएका थिए।

Logo