रास्वपाको संयुक्त बैठक आज पनि बस्दै

रास्वपाको संयुक्त बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आज पनि बस्दैछ। बैठक बिहान १० बजेबाट जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरु हुनेछ।

बैठकमा पार्टी महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने बताइएको छ। बैठकमा पार्टीका केन्द्रीय सदस्य र सांसदहरूले आफ्नो धारणा प्रस्तुत गर्ने रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

सोमबारबाट सुरु भएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा नीति, विचारबारे विमर्श हुने र पार्टीको दीर्घकालीन नीति तय गर्ने बताइएको छ।

प्रदेश सभापतिलाई पनि सहभागी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। त्यस्तै प्रमुख सचेतक सन्तोष परियारले दलका तर्फबाट प्रतिवेदन पेस गरेका छन्।

Skip This
Skip This
Logo