नेकपा एसको महाधिवेसन सर्ने सम्भावना, २८ गते सचिवालय बैठक बोलाइयो

नेकपा एसको महाधिवेसन सर्ने सम्भावना, २८ गते सचिवालय बैठक बोलाइयो

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीले पूर्व निर्धारित महाधिवेसन सार्ने तयारी गरेको छ। जुन निर्णय लिनका लागि नेकपा एसले मंशिर २८ गते सचिवालय बैठक बोलाएका छन्। 

महासचिव घनश्याम भुसालका अनुसार आगामी मङ्सिर १८ गते बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक आह्वान गरिएको छ।उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अन्तर पार्टी निर्देशनालयलगायत अजेन्डामा छलफल गरिने भएको छ।

आगामी माघ १४ गते राष्ट्रिय महाधिवेशनको मिति तय भए पनि तयारी नपुगेको भन्दै अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन सार्ने प्रस्ताव उक्त बैठकमा गर्ने बुझिएको छ।

Skip This
Skip This
Logo