राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन्। राष्ट्रपतिले मोजाम्बिक र इटालीका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका हुन्।
जसअनुसार राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिक र स्विट्जरल्यान्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।































प्रतिक्रिया