राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ बाट

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ बाट

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी मंसिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ।

बैठकमा अध्यक्ष कमल थापाले मुलुकको  पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको बैचारिक, संगठानिक र रणनीतिक कार्यदिशा बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने तय भएको छ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहनेबीच मोर्चा निर्माण गरि जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिनेछ।

यसै गरि बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिबेदन, संगठन बिभाग प्रमुख राजाराम बर्तौलाले संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

यो प्रत्येक तीन/तीन महिनामा बस्ने नियमित बैठक भएको समेत महामन्त्री बर्तौलाले जानकारी दिए। २५ गते दिउँसो उपत्यका स्तरी बृहत् कार्यकर्ता भेला गरि बैठक समापन हुने पार्टीले जनाएको छ।

Logo