विश्वविद्यालय खोल्ने अधिकार प्रदेशलाई दिन सांसदहरुको सुझाव

विश्वविद्यालय खोल्ने अधिकार प्रदेशलाई दिन सांसदहरुको सुझाव

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्यहरुले विश्व विद्यालय खोल्ने अधिकार, प्रदेशलाई दिइनु पर्ने आवाज उठाएका छन् । 

विधायन व्यवस्थापन समितिको बैठकमा, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा आइतबार भएको दफावार छलफलमा सांसद खिमलाल देवकोटाले, जहाँ खोल्ने हो त्यही प्रदेशलाई विश्वविद्यालय खोल्न दिनुपर्ने बताए । 

उनले भने- ‘जहाँ खोल्ने हो त्यही प्रदेशलाई दिए के फरक पथ्र्यो, मेरो भनाई त्यति हो क्या । त्यसकारणले हामीसंग त । स्रोत त हामीसंग त सिमित छ नि । अहिले त मुलुक त दिनहुँ यस्तो ऋणको जालोमा फस्दैछ । वित्तीय स्रोत साधनमा त यस्तो कमजोर भयौँ हामी है । कसरी चल्ने हुन हाम्रा संस्थाहरु संरचनाहरु भन्ने स्थिति भै सक्यो अनि संस्थाहरु खोल्दै जाने ।’ उनले भने ‘विश्व विद्यालयहरु नचाहिने होइन चाहिन्छ तर सबै पहिले यो काम बन्द गरौं । संस्थाहरु चाहिन्छ नचाहिने होइन् । विश्वविद्यालयहरु चाहिन्छ नचाहिने होइन् । त्यो प्लसटु खोले जस्तै त्यो काम नगर्नुस् मन्त्री ज्यू ।’

त्यस्तै, सांसद सुरेश कुमार आलेले, दशरथ चन्द विज्ञान विश्वविद्यालय आवश्यक भएपनि संचालनमा चुनौती हुनसक्ने औल्याए । उनले भने ‘चुनौतीहरु छन् । विश्वविद्यालय संचालनमा बाधा अवरोधहरु हुन्छन् त्यसलाई सच्याउँदै लैजानु पर्ने हुन्छ । विद्यार्थीको हकमा चै त्यस्तो समस्या हुन्छ जस्तो मलाई लाग्दैन् । किनकी स्वास्थ्य विज्ञान, मेडिसिन पढ्ने विद्यार्थी प्रयाप्त मात्रामा छन् ।’

छलफलमा सहभागि अन्य सांसदले पनि नयाँ विश्वविद्यालय खोल्ने कुरा नकरात्मक नभएपनि अहिले भएका विश्वविद्यालयलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन् । 

छलफलपछि समिति सभापति जयन्तीदेवी राईले, आवश्यक विधेयक ल्याउन सरकारको पटक पटक ध्यानाकर्षण गराएको स्मरण गरिन् । उनले विश्वविद्यालय व्यवस्थित गर्न आवश्यक रहेको बताइन् । आवश्यक परे विद्यालय तथा विश्वविद्यालय मर्ज गरिनु पर्ने उनले बताइन् । ‘अहिले विश्वविद्यालयहरु मर्जको कुरा आइरहेको छ । त्यो पनि नाजायज चै छैन् है । अहिलेको मा चै विद्यार्थी संख्या नपुगेको बेलामा राज्यको स्रोत साधन नपुगिरहेको बेलामा’ उनले भने । 

Logo