महाधिवेशन आगामी जेठमा गर्ने एकीकृत समाजवादीको निर्णय

महाधिवेशन आगामी जेठमा गर्ने एकीकृत समाजवादीको निर्णय

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको महाधिवेशन फेरि सरेको छ ।  

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । मदन-आश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरू हुनेछ।

यसअघि नेकपा एसले आगामी माघमा महाअधिवेशन गर्ने तय गरेको थियो । सो मितिमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाएकाे हाे । नेकपा एसले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिने निर्णय गरिसकेकाे छ । 

साथै माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय एकीकृत समाजवादीले गरेको छ। यही मंसिर २८ र २९ गते सचिवालय बैठक बस्ने, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटव्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि भएको प्रवक्ता खतिवडाले बताए।
 

Logo