एमालेको मध्यपहाडी सङ्कल्प यात्रालाई माओवादीको स्वागत

एमालेको मध्यपहाडी सङ्कल्प यात्रालाई माओवादीको स्वागत

केन्द्रबिन्दु
0
Shares

मध्यपहाडी राजमार्गमा समृद्धिका सङ्कल्प यात्राको क्रममा कर्णालीको सानी भेरी किनारामा पुगेको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन्। मङ्गलबार सुर्खेतबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमतर्फ गएको टोलीलाई रिम्ना भन्ने ठाउँमा माओवादी केन्द्रका नेताहरूले स्वागत गरेका हुन्।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको टोलीलाई स्वागत गर्दै शर्माले भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी समेत गराएका छन्। उनले एमालेको शीर्ष नेतृत्व नै सङ्कल्प यात्राका क्रममा सो क्षेत्रमा आएकोमा अध्यक्ष ओलीलाई धन्यवाद दिएका हुन्। रिम्ना जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्छ।

शर्मा एमालेले बनाएको स्वागत गेटमै पुगेका थिए। उनी भूकम्पपछि गृह जिल्लामै छन्। ओलीले दुवै जिल्लाका भूकम्प प्रभावितहरूको अवस्था बुझ्दैछन्। सोही कार्यक्रममा एमालेका ११ सय स्वयंसेवक पनि भेला भएका छन्।

Skip This
Skip This
Logo