सत्ता गठबन्धनको निष्कर्ष- एनसेलकाे खरिदबिक्री कानून बमोजिम छैन, छानबिन गर्नुपर्छ

सत्ता गठबन्धनको निष्कर्ष- एनसेलकाे खरिदबिक्री कानून बमोजिम छैन, छानबिन गर्नुपर्छ

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनले नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेल खरिदबिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

मलेसियन लगानीकर्ता कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो शेयर बेचेर बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारमा बसेको गठबन्धनको बैठकले उक्त निष्कर्ष निकालेको हो । 

बैठकमा प्रधानमन्त्रीले नै एनसेलको खरिदबिक्री प्रचलित कानून बमोजिम नभएको भनेर प्रष्ट्याएका थिए । अब यस विषयमा छानविनका लागि मन्त्रीपरिषद् बैठकले आवश्यक निर्णय गर्ने पनि प्रधानमन्त्रीले बताएको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मुख्यसचिव डा।बैकुण्ठ अर्याल लगायतको उपस्थिति थियो । 

Skip This
Logo