पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आर्थिक सङ्कट गहिरिँदै गएको बताएका छन्। वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत उनले लगाएका हुन् ।
झुलाघाट, बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा आज रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा आयोजित सभामा बोल्दै उनले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे। ‘यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो, ’उनले भने,’यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ ।’
एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधानका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीको भनाइ थियो। यात्राका क्रममा अध्यक्ष ओलीको टिम हिजो राति रूकुमकोटमै बास बसेर सर्वपक्षीय छलफल तथा कोणसभाको आयोजना गरिएको थियो।































प्रतिक्रिया