विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

केन्द्रबिन्दु
0
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेको छ।

बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश ज्ञवालीको पुतला दहन गरेको थाहा पाएपछि प्रहरी पुगेर पुतला नियन्त्रणमा लिनुका साथै सहभागीहरूलाई तितर-बितर पारेको थियो। पुतला दहन गर्न अखिल क्रान्तिकारी नेताहरू नरेन्द्र सी, लोकराज जोशी लगायत १५-२० जनाको उपस्थिति रहेको थियो।

काठमाडौँ जिल्ला अदालतले ‘विप्लव’ लगायतका नेताहरूलाई अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको विरोधमा पुतला दहन गरेको अखिल क्रान्तिकारीले जनाएको छ। 

Skip This
Skip This
Logo