केही समूह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन्ः प्रधानमन्त्री प्रचण्ड

केही समूह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन्ः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समूह समाजमा नकारात्मक भावना जगाउने खेलमा लागेको आरोप लगाएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले केही महत्वपूर्ण कामको गरिरहेको भएपनि समाजमा त्यसविरुद्ध प्रचारबाजी गर्ने र समाजमा नकारात्मक भावना पैदा गर्ने काम भइरहेको जिकिर गरे । 

‘समाजमा हरेक कुरामा नकारात्मकता र नकारात्मक सोच बनाउने जुन प्रयास एकथरी मान्छेहरुले गरेका छन् त्यसबाट देशले कहिले प्रगती गर्दैन् । त्यो ओरालो यात्रा मात्रै हुनेछ । आशा उत्पन्न गर्नु आजको एउटा चुनौती पूर्ण दायित्व पनि भएको महशुस गरेको छु ।’ उनले भने ‘आशाविना कुनै पनि राष्ट्रले विकास गर्न सक्दैन् । हामीसँग भएका सकारात्मक सम्भावना हेरेर आशा जगाउने तर्फ सबै लाग्ने हो भने नेपाल धेरै सम्भावना छ । ’ 

त्यस्तै प्रधानमन्त्री प्रचण्डले व्यवसायीक जिम्मेवारीबाट माथि उठेर काम गर्न लगानीकर्तालाई आग्रह गरे । ‘नेपालभित्र भएका व्यवसायीहरुले एउटा जिम्मेवार व्यवसायको मात्रै कुरा नगरेर यो जिम्मेवारीबोध व्यवसाय, राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत हरेक क्षेत्रमा जिम्मेवारीबोधको अनुभूती गराउनु आजको निकै ठूलो आवश्यकता बन्न गएको छ ।’

Logo