पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम अनुमोदन

पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम अनुमोदन


संसदीय सुनुवाई समितिको बैठकले पोर्चुगलको राजदूत पदमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

आज बसेको समिति बैठकले नेपाललाई राजदूत नियुक्त गर्ने मन्त्रिपरिषद्को  निर्णय अनुमोदन गरेको समिति सदस्य पशुपति शमशेर जबराले जानकारी दिए । 

उनले भने, ‘आजको समितिको बैठकले सनिल नेपालको सम्बन्धमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० बमोजिम सुनुवाई गर्दा प्रस्तावित व्यक्तिको योग्यता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्ति सनिल नेपाललाई पोर्चुगलको राजदूत पदमा नियुक्तिको लागि अनुमोदन गर्ने निर्णय भएको छ ।’ 

कात्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई पोर्चुगलको लागि राजदूत पदमा नियुक्तिको लागि सिफारिस गरेको थियो । उक्त सिफारिस पत्र संसदीय सुनुवाई समितिलाई प्राप्त भएपश्चात मंसिर ८ गते बसेको बैठकले प्रस्तावित व्यक्तिको उजुरी माग गर्ने निर्णय गरेको थियो । उनी विरुद्ध एउटा मात्रै उजुरी परेको थियो । 

Logo