राष्ट्रपतिबाट नेपालको संविधान संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट नेपालको संविधान संशोधन विधेयक प्रमाणीकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ आज प्रमाणीकरण गरेकी छिन् ।

नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति जारी गरि जानकारी दिएका हुन् ।

सो विधेयक प्रतिनिधिसभाबाट गत जेठ ३१ गते र राष्ट्रियसभाबाट आज दुई तिहाइ बहुमतबाट पारित भएको थियो ।

Logo