नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिनता र सार्वभौम राष्ट्र हुँदा हुँदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न नसक्नु लज्जाको कुरा भएको बताएका छन् ।
समृद्धिका लागि संकल्प यात्राका क्रममा गोरखा बजारमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, 'लिम्पीयाधुरा, लिपुलेक, कालापानीका प्रश्न उच्च स्तरीय संवादहरुमा किन उठ्दैन ? यो भन्दा गएगुज्रेका कुरा के हुन्छ । त्यो भन्दा देश प्रतिको बेइमानी के हुन्छ ?'
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत झुलाघाट चिवाभन्जाङ्ग यात्राका क्रममा शुक्रवार गोरखा आइपुगेका एमाले अध्यक्ष ओली शनिवार बिहान गोरखा सदरमुकाममा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती प्रति आपत्ति व्यक्त गरे । वर्तमान प्रधानमन्त्रीको निर्वाचन क्षेत्र समेत रहेको गोरखा आएका उनले व्यंगात्मक शैलीमा भने, 'विकासमा भइरहेको ढिलासुस्ती बारे म प्रधानमन्त्रीसंग कुरा गर्छु । हिजो वहाँकै निर्वाचन क्षेत्रमा पर्ने बाटो हुँदै म आएको हुँ । १०० किलोमिटर हिँडे की भनेको त १६ किलोमिटर पो रहेछ ।'































प्रतिक्रिया