राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज पनि बस्दै

राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहनेछ।  काठमाडौँमा हिजोदेखी जारी बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

उनले आफ्नो राजनीतिक प्रस्तावमार्फत राजावादी पार्टी, संगठन र संघ संस्थाका बिचमा मोर्चाबन्दी गर्नुपर्नेमा जोड गरेका छन्। उक्त जारी बैठकमा महामन्त्री राजाराम बर्तौलाले सांगठानिक र  कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत प्रतिबेदनमा ‘भ्रष्ट ब्यवस्थाको अन्त्य, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ नामक  राजनितिक कार्यपत्र प्रस्तुत गरेका हुन्।

आज सम्पन्न हुने केन्द्रीय समिती बैठकको छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। हिजोदेखी सुरु भई दुई दिनसम्म सञ्चाललन हुने केन्द्रिय समिती बैठक आज दिउँसो काठमाडौँ उपत्यका भेलामार्फत निर्णयहरु सार्बजनिक गरेर सम्पन्न हुने बताइएको छ।

Skip This
Logo