संसद सचिवालयका महासचिव गौतमले दिए पदबाट राजीनामा

संसद सचिवालयका महासचिव गौतमले दिए पदबाट राजीनामा

केन्द्रबिन्दु
0
Shares

संघीय संसद सचिवालयका महासचिव भरत गौतमले पदबाट राजीनामा दिएका छन्।   आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामाको विषयलाई लिएर सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका छन् । २२ वैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । 
 

Logo