नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन्।
एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी–हर्कपुर आउने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आह्वानसमेत गरेका छन् ।
कोशी नाम खारेजीको माग गर्दै पहिचानवादीले आह्वान गरेको बन्दका बाबजुद एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर जाँदैछ।





























प्रतिक्रिया