काठमाडौं महानगरलाई उच्च अदालतको झट्का, राप्रपाको पार्टी कार्यालय नभत्काउन आदेश

काठमाडौं महानगरलाई उच्च अदालतको झट्का, राप्रपाको पार्टी कार्यालय नभत्काउन आदेश

केन्द्रबिन्दु
0
Shares

उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले बुधबार पार्टी कार्यालय नभत्काउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश दिएको हाे । अदालतले व्यक्तिको नाममा रहेको पार्टी कार्यालय भवनको नक्सा पास गरिदिन पनि परमादेश दिएको छ । 

विद्युत प्रशारण लाइन मुनिको जग्गामा निर्माण गरिएको भन्दै काठमाडौं महानगरले राप्रपाको पार्टी कार्यालय भत्काउने निर्णय गरेकाे थियाे । तर, भवन खाली गर्न दिइएको २१ दिनको समयमा घरधनीलाई प्रयोग गर्दै राप्रपा अदालत पुगेको थियो ।  भदौ १४ गते राप्रपालाई जग्गादान गर्ने जग्गाधनीहरुले दिएको रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले घर भत्काउनेबारे एकजना जग्गाधनीलाई मात्र जानकारी गराएको भन्दै तत्काल नभत्काउन अन्तरिम आदेश दिएको थियाे । 

Skip This
Skip This
Logo