काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारको हैसियतले भ्याएसम्म संरचनागत, नीतिगत, कानूनी, प्रशसनिक तथा व्यवस्थापकीय कार्य सम्पादन गर्न महानगरपालिका सफल भएको बताएकी छन् ।
शुक्रबार महानगरको २९ औँ स्थापना दिवस विशेष कार्यक्रममास्थानीय तहले पाएको अधिकारलाई संस्थागत गर्दै स्थानीय तहलाई जिम्मेवार र जवाफदेही बनाउने बाटो तय गरिरहेको बताउँदै उपप्रमुख डंगोलले महानगरमा पारदर्शिता कायम गर्न प्रतिबद्ध रहेको बताइन् ।
‘स्थानीय सरकार अन्र्तगतका संस्थागत संरचनालाई कानूनतह जिम्मेवार र जवाफदेही बनाउने मार्ग तय गरिरहेका छौं । आवश्यक विषय र क्षेत्रगत नीति तथा कार्यक्रम तर्जुमा गरी योजना र परियोजना निर्माण गर्नु, सेवा प्रवाहमा अधिकतम प्रविधिको प्रयोग गने तथा महानगरबासीप्रति उत्तरदायी शासकिय पद्धति आत्मसाथ गर्दै पारर्दशि शासन प्रसाशन सञ्चालन गर्ने दिशामा हामी निर्देशित छौं,’ डंगोलले भनिन् ।
उनले नयाँ नेतृत्वले जिम्मेवारी लिएपछि विगतबाट सञ्चालन हुँदै आएका कतिपय कार्यक्रमलाई निरन्तरता दिएर सिघ्र काम सम्पन्न गर्दै आएको, नवीन, सिर्जनात्मक,शहरी सुशासन स्थापना गर्न विभिन्न कार्यक्रमको सुरुआत गरेकोसमेत उल्लेख गरिन् । महानगरको नगर सभा, कार्यपालिका, सचिवालयल, विभाग तथा वडा स्तरबाट सम्पादन हुने कामलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताउँदै डंगोलले महानगर भित्रका विभिन्न विषयगत समितिको कामलाई थप प्रभावकारी र सक्रिय बनाएर लैजाने जानकारी दिईन् ।
उनले भनिन्, ‘हाम्रो विशेष प्राथमिकता भनेको महानगरको नगर सभा, कार्यपालिका, विभिन्न सचिवालयल, विभाग तथा वडा स्तरबाट सम्पादन हुने कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु हाम्रो प्राथमिकता हो । नगर सभा र कार्यपालिकाअन्र्तगत विषयगत समितिहरुको भूमिकालाई थप प्रभावकारी र सक्रिय बनाउनका लागि हामी निरन्तर अगाडि बढेका छौं ।’ उपप्रमुख डंगोलले नगरसभाबाट कानून जारी गरी समितिहरुको अधिकारलाई थप प्रभावकारी बनाउँदै लगेको जानकारी दिइन् ।
उनले भनिन्, ‘हामीले विषयगत समितिहरुको कामलाई थप प्रभावकारी र जिवन्त बनाउन निरन्तर प्रयास गरिरहेका छौं । र संस्थागत पद्धतिको विकास पनि गरिहरेका छौं । विशेषगरी नगरसभाबाटै कानून जारी गरि समितिको अधिकारलाई थप प्रभावकारी बनाउँदै अघि बढाइरहेका छौं ।’





























प्रतिक्रिया