प्रधानमन्त्रीलाई मेयर बालेनले भने- ‘फोहोर व्यवस्थापनमा सहयोग गरिदिए पुग्छ’ [भिडियाे]

प्रधानमन्त्रीलाई मेयर बालेनले भने- ‘फोहोर व्यवस्थापनमा सहयोग गरिदिए पुग्छ’ [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई महानगरका मुख्य ३ समस्या सुनाउँदै समाधानको पहल गरिदिन आग्रह गरेका छन् ।

२९औं महानगर दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित समारोहमा प्रमुख बालेनले तीनकुनेको मुआब्जा विवाद, खोला अतिक्रमणको समस्या र फोहोरको दीर्घकालीन व्यवस्थापनको समस्या सुनाउँदै तीनै तहका सरकारबाट समाधानको पहल गर्नुपर्ने बताए ।

‘महानगरले गरेको सफलताको कुरा त थाहा नै भइरहेको हुन्छ, त्यो भन्नै पर्दैन,’ उनले भने, ‘विशेष गरी तीन वटा विषयमा ठूलो चुनौती रहेको छ । यसमा महानगर, प्रदेश सरकार र संघ सरकारले मिलेर समस्याको समाधान होस् ।’

प्रमुख बालेनले अब आफ्नो कार्यकाल साढे ३ वर्ष बाँकी रहेको भन्दै सोही अवधीमा महानगरका समस्या समाधानमा सहयोग पाउनेमा आशावादी रहेको बताए । ‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन् । तीमध्ये तीन वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन्,’ उनले भने, ‘महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीन कुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’

भिडियाे- https://fb.watch/oXLJpRUh7W/

Logo