काठमाडौं ।
नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा सरकारका तर्फबाट भएका कामका सम्बन्धमा स्पष्ट पार्न र जनस्वास्थ्यमा महासङ्कट आउन नदिन तत्काल संसद्ले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको भन्दै सदनमा जरुरी सार्वजनिक महत्वका विषयमा ध्यानाकर्षणको सूचना दर्ता गराएको छ ।
काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल र सांसद गगनकुमार थापाले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको ध्यानाकर्षणका लागि उक्त सूचना आज दर्ता गराएका हुन् । स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित सूचनामा परीक्षण सम्बन्धी मापदण्डको परिमार्जन, पिसिआर विधिबाट हुने परीक्षणको गतिमा तीव्रता र दायरा फराकिलो बनाउनु पर्ने, क्वारेन्टाइनलाई प्रभावकारीरुपमा व्यवस्थित बनाउनु पर्ने, कन्ट्याक्ट ट्रेसिङ क्षमतालाई सबलीकरण र विस्तार गर्नुपर्ने, कोरोना सङ्क्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई व्यवस्थित बनाउनुपर्ने, कोरोनाबाहेकका अन्य रोगका बिरामीले सहज उपचार पाउने व्यवस्था गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ ।
यसैगरी स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिक उद्धार, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण लगायतका विषयमा भएका अनियमितता प्रकरणका घटना र हालसम्म भएको भनिएको रु १० अर्बको खर्चको विवरण, विदेशबाट आउने नेपालीका लागि क्वारेन्टाइन, परीक्षण र परामर्शका लागि आवश्यक प्राविधिक तयारीका सम्बन्धमा ध्यानाकर्षण गराइएको छ ।





























प्रतिक्रिया