सरकारी सञ्चार माध्यमलाई सबै पक्षका लागि पठनीय बनाउन आवश्यक छः मन्त्री शर्मा

सरकारी सञ्चार माध्यमलाई सबै पक्षका लागि पठनीय बनाउन आवश्यक छः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी र समयअनुसार सबल बनाउन अनिवार्य रहेको बताएकी छिन्। 

आइतबार गोरखापत्र संस्थानको अंग्रजी प्रकाशन दि राइजिङ नेपाल दैनिकको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी सञ्चार माध्यमलाई सरकारी मान्छेले मात्र पढ्नेखालको नभइ सबै पक्षका लागि पठनीय बनाउन आवश्यक रहेको बताएकी हुन्। 

‘धेरैभन्दा धेरै जनताको आवाज बुलन्द गर्ने, जनताको चेतना परिवर्तन गर्ने, राज्यबाट पछाडि पारिएका समुदाय र वर्गको आवाज बोल्ने काम सरकारी सञ्चार माध्यमले बोल्न सक्नुपर्छ।’ मन्त्री शर्माले भनिन्। 

सञ्चार माध्यमले इमानदार भएर काम गरे सरकारले आफ्नो काम र जिम्मेवारीप्रति इमानदारको प्रयास गर्ने उनको भनाइ थियो। ‘तपाईंहरु आफ्नो जिम्मेवारीप्रति इमानदार भइदिनुस्, सरकारले आफ्नो काम र जिम्मेवारीप्रति इमानदार प्रयास गर्नेछ’उनले भनिन्। 

Logo