भ्रष्टाचारमा अन्य दलको संलग्नताले राप्रपाको पक्षमा जनमत बढ्दै गएकाे राजेन्द्र लिङ्देनकाे दाबी

भ्रष्टाचारमा अन्य दलको संलग्नताले राप्रपाको पक्षमा जनमत बढ्दै गएकाे राजेन्द्र लिङ्देनकाे दाबी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको बताएका छन्। 

आइतबार धुम्बाराहीमा जारी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारका हरेक काण्डमा अन्य दलका नेताहरूको संलग्नता देखिनाले राप्रपाको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको बताएका हुन्। 

‘नेताहरु र सरकारको नेतृत्व गरेको मानिसहरु संलग्न भएको तथ्यहरु बाहिर आइसकेको छ।’ उनले भने, ‘भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। त्यसैले हाम्रो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको छ।’

अध्यक्ष लिङ्देनले सबै दलका नेताहरु मिसन ८४ भनेर हिँडिरहेका अवस्थामा राप्रपालाई मिसन ८४ कुर्ने छुट नभएको बताए। उनले भने,‘अहिले सबै  दलका नेताहरु मिसन ८४ भनेर हिँडिरहेका छन्। तर राप्रपालाई मिसन ८४ कुर्ने छुट छैन। धैर्य गर्ने समय छैन। किनकी देशको अर्थतन्त्र ओरालो लागिरहेको छ।’

उनले राप्रपाले केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने दाबी गरे। 

उनले अगाडी भने,‘राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ। सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिन्छौँ।’

उनले आ-आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गर्नुपर्ने धारणा राख्दै राप्रपा नेतृत्वमाथि योजनाबद्ध रूपमा भइरहेको बदनाम रोकिनुपर्ने उल्लेख गरे। 

Logo