सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले भने- ‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल’

सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले भने- ‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना छोरीहरुको आलोचनालाई व्यवस्थामाथिकै हमला भएको अर्थ लगाएका छन् । 

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छोरीमाथि आरोप लगाएर उचाल्ने, पछार्ने र आक्रमण हुने गरेको भन्दै त्यो व्यवस्था विरुद्धकै हमला भएको दाबी गरे । उनले भने, ‘मेरो परिवारमा सदस्य घट्दै गएर अब तीन जनामात्र बाँकी छौं । एउटी छोरी रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयर, उ उतै बढी इन्गेज छ । अर्कीे छोरी मेरो सचिवालयमा काम गरिरहेकीे छ । बिचरा त्यो कस्ती छ, तपाईंहरुले थाहा पाउनुभएकै छ । उसलाई जोडेर बनाएको छ, कहिले उचालेको छ भन्दा म के ठान्छु भने यो संविधान, सिस्टम, गणतन्त्र र लोकतन्त्रका विरुद्धको हमला हो । यसमा म एकदम क्लियर छु ।’

‘प्रचण्डलाई हमला गरेर नराम्रोसँग बेइज्जत नगरेसम्म यो व्यवस्था उल्टिँदैन भनेर एकथरी मेराविरुद्ध लागिपरेका छन् । केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु ? मलाई थाहा छ, चुप लागेको हो । यहाँ समितिमा प्रश्न उठेकोले मात्रै जवाफ दिएको हो । बेलायतमा कम्पनी खडा गर्ने भनिएकोलाई पनि म राम्रोसँग चिन्छु ।’ उनले थपे । 

Logo