अर्थसचिव पुष्करको आक्रोशः बजेटमै नभएको पैसा कहाँबाट ल्याउने ?

अर्थसचिव पुष्करको आक्रोशः बजेटमै नभएको पैसा कहाँबाट ल्याउने ?

केन्द्रबिन्दु
0
Shares

अर्थ मन्त्रालयका सचिव डा.कृष्ण हरि पुष्करले बजेटमै नभएको पैसा कहाँबाट ल्याउने भन्दै आक्रोश पोखेका छन् । 

आज प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अर्थसचिव पुष्करले बजेटको सिलिङ भन्दाबढी माग राखेर मन्त्रालय धाउने गरिएको भन्दै आक्रोश पोखे । 

‘सिलिङ ५ लाखको राख्ने पछि ५० लाख पुगेन भनेर मन्त्रालयमा आउने गरेको पाईन्छ । सम्बन्धित मन्त्रालयहरुलाई के भन्न चहान्छु भने, कति पैसा चाहिन्छ सरकारको अवस्था हेरेर आफूलाई आवश्यक हुने पैसा तत्कालै राख्नु पर्यो यसो भएपछि अर्थ मन्त्रालयसँग मागि रहन पर्दैन् । संसदले पास गरेकोभन्दा बढि बजेट अर्थ मन्त्रालयमा हुँदैन ।’ उनले भने ‘विस्तारै देशको अर्थ अवस्था सुधारको क्रममा छ, तर हरेक मन्त्रालयसँग हरेक निकायले पैसा मागेको अवस्था छ तर मन्त्रालयसँग पास गरेको बाहेक पैसा कहाँबाट ल्याउने ?’ 

उनले बजेट पास भएपछि रकमान्तरण गर्नुपर्ने अवस्था राम्रो नभएको भन्दै त्यसले अर्थ मन्त्रालय समस्यामा परेको बताए । ‘हामीले पैसा ल्याउनको लागि एउटा स्थानको बजेट बाटेर अर्को स्थानमा दिनु पर्ने हुन्छ । हामीले अहिले मलको पैसा काटेर यता उखुमा ५२ करोड दिएको छौ भोली मलमा नपुग्ने अवस्था हुन्छ । अर्थमन्त्रालयमा यस्तै खालको पीडा छ,’ उनले भने। 

Logo