1
1
1

'मूर्ख शासक रहँदासम्म मानवजातीलाई सुख हुँदैन' : कांग्रेस नेता भण्डारी

1
1

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मूर्ख शासक रहँदासम्म मानवजातीलाई सुख, संबृद्धि र शान्ति नहुने बताएका छन् ।

आफ्नो सामाजिक संजाल फेसबुकमा नयाँ वर्षको शुभकामना रुपी सन्देश पोष्ट गर्दै भण्डारीले सो कुरा बताएका हुन् ।

उनको सन्देश कोरोनाको विश्वव्यापी महामारी हुँदासम्म पनि समयमै लकडाउन नगर्ने देशका राष्ट्रप्रमुख प्रति केन्द्रित थियो । समयमै लकडाउन गरिएको भए कोरोनाले अहिले गरे जस्तो क्षती नहुने उनले स्टाटसमा उल्लेख गरेका छन् ।

उनले खराब नेता र शासकलाई विदा गर्न सकियोस् भन्दै सबैलाई नयाँ वर्षको शुभकामना पनि दिएका छन् ।

‘विश्वभरी छरिएका यी मुर्ख शासक रहँदा सम्म मानवजातीलाई सुख, सम्वृद्धि र शान्ति हुनै सक्दैन । विकासले सुविधा दिए पनि मानवलाई शान्ति प्राप्ति हुदैन । चीनबाट शुरु भएको कोरोनाको महामारीलाई समयमा नै लकडाउन मात्र गरी दिएको भए यस्तो विनाश हुने थिएन । कोरोनाले संकट मात्र होईन नयाँ सोंच पनि जन्माउने छ भन्ने मेरो विश्वास हो, जसले नेतृत्वमा पनि परिवर्तन गर्नेछ । ईतिहास साक्षी छ संकटको समाधान पछि शक्ति स्थानान्तरित हुन्छ । तसर्थ अहिलेका नेता र शासकहरुलाई विदा गर्न सकियोस् भन्ने कामनासहित सबैलाई नयाँवर्षको शुभकामना।’

प्रकाशित: ३० चैत २०७६ १३:२८ आइतबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी